अदालतको आदेशमा रिहा भएका नेकपा नेता प्रज्वलनसहित चार जना पुनः गिरफ्तार

अदालतको आदेशमा रिहा भएका नेकपा नेता प्रज्वलनसहित चार जना पुनः गिरफ्तार

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, १० जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना नेताहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

अदालतको आदेशमा रिहा भएका प्रज्वलनसहित नेकपा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्कीलाई प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेको हो ।  नेता प्रज्वलनलाइ काभ्रेमा अर्काे मुद्वा भएकाेले त्यता लैजाने बुझिएकाे छ ।

ललितपुर जिल्ला आदालतले आज थुनछेक बहसपछि सुनुवाई गर्दै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।अदालतकाे आदेशलगत्तै प्रहरीले स्वास्थ्य परिक्षणपछि मात्रै रिहा गर्ने भन्दै अदालत प्रांगणबाटै बा १ ग ३२९३ नम्बरकाे डिब्बावाला प्रहरी भ्यानमा राखेर लगेकाे हाे ।

गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा ललितपुर जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले रिहा गर्न आदेश दिएको हो । तर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले पुन गिरफ्तार गरेको हो ।

यसअघि सोहि मुद्धामा ने.क.पा.का स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र बहादुर कार्की र बुद्धि बहादुर स्याङतानलाई भने अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

यसअघि नै नेता सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुलाई नख्खु जेल चलान गरिसकेको थियो ।

नेता सुदर्शनलाई एनसेलको ललितपुरको नख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि भन्दै पुर्पक्षका लागि काराकार चलान गरिएको थियो ।

आज फेरी हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा पुनः थुनामा राख्न अदालतले आदेश दिएको हो ।

आठै जना नेतालाई आज अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस पैरवी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ