नेकपाका पीवीएक जीवन्तलाई अदालतमा उपस्थित गराईयो, बन्दी प्रत्यक्षीकरणमा रिटमाथि बहस हुन सकेन

नेकपाका पीवीएक जीवन्तलाई अदालतमा उपस्थित गराईयो, बन्दी प्रत्यक्षीकरणमा रिटमाथि बहस हुन सकेन

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १० जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई आज पनि सर्वोच्च अदालतमा उपस्थित गराईएको छ ।

नेता कार्कीलाई अदालतमा उपस्थित गराईएपनि आज उहाँको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बहस हुन सकेन ।

कार्कीलाई गैरकानुनी थुनामा राखेको भन्दै पत्नि मोहनकुमारी कार्कीले रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएके थियो । तर उक्त मुद्धामा यसअघि अदालतले थुनामा राख्नुपर्ने कारणसहित बन्दीलाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएपछि उहालाई अदालतमा उपस्थित गराईएको हो ।
तर जिल्ला अदालत सुनसरीले मिसिल नपठाएपछि उक्त मुद्धामा बहस हुन नसकेको बताईएको छ ।

यसअघि चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार जिवन्तलाई अदालतले रिहा गरेपनि पटक पटक प्रहरीले गिरफ्तार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ