विप्लव नेतृत्वको ने.क.पा.द्धारा भोली (शुक्रवार) झापा बन्दको घोषणा(बिज्ञप्तिसहित)

विप्लव नेतृत्वको ने.क.पा.द्धारा भोली (शुक्रवार) झापा बन्दको घोषणा(बिज्ञप्तिसहित)

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

विर्तामोड, ९ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीले भोली (शुक्रवार) झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा जाने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध ने.क.पा. झापाले जिल्ला बन्दको घोषणा गरेको हो ।
सरकारले ने.क.पा. माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । ने.क.पा. झापाका सेक्रेटरी सुमनसिंहले बिबज्ञप्ति जारी गरी पार्टीको केन्द्रय निर्ण अनुसार नै झापा बन्दको आह्वान गरिएकाले सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘केपी–वादल सरकारको जनदमन, जनहत्या र हाम्रो पार्टीमाथिको प्रतिबन्धको बिरोध स्वरुप एक दिन झापा जिल्लाका सबै उद्यायग,कलकारखाना, शिक्षण संस्था, बिभिन्न कार्यलय र संस्थानहरु बन्द गरिदिन र ओली सहभागी कार्यक्रम बहिस्कार गरि सामाजीक फासिवादी सरकारलाई प्रतिबन्ध लगाउन अपिल गर्दछौ।’
ने.क.पा. माथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए ।
साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।यसको हिसावकिताव इतिहासले गर्ने समेत बिज्ञप्तिमा जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ