काठमाडौं, ९ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ (प्रज्वलन)माथिको थुनछेक बहस आज हुँदैछ ।
ललितपुर जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ । प्रहरी हिरासतमा रहनुभएका नेता श्रेष्ठलाई आज अदालतमा उपस्थित गराईदैछ ।
चैत्र ८ गते शुक्रबार राति काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार परेका प्रज्वलनलाई थुनछेकको लागि अदालतमा उपस्थित गराईने जनाईएको छ । हिजो बुधवार उहाँलाई बयान लिईएको थियो । श्रेष्ठ ने.क.पा.का स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित गिरफ्तार पर्नुभएको हो ।
नेता सुदर्शनलाई भने यसअघि नै पुर्पक्षका लासिग कारागार चलान गरिएको छ ।
पूर्पक्षका लागि नख्खु कारागारको थुनामा रहनुभएका नेता सुदर्शनलाई पनि बयानका लागि अदालतमा उपस्थित गराउने बुझिएको छ ।
सुदर्शन गिरफ्तार परेकामध्ये अहिलेसम्मकै सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीको चार वटा भूगोल क्षेत्रीय कमाण्डमध्ये मध्यकेन्द्रीय कमाण्डका ईन्चार्ज समेत हुन् ।