ने.क.पा.का नेता रणवीरको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदै

ने.क.पा.का नेता रणवीरको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदै

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ९ जेठ ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता एवं पोलिटब्यूरो सदस्य भरतबहादुर बम ‘रणवीर’को रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको आज सुनुवाई हुँदैछ ।

बैशाख २५ गते बाँकेको नेपालगन्ज कोहलपुरबाट गिरफ्तार परेका नेता रणबीरलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहा गर्न माग सहित सर्वोच्चमा दायर रिट निवदेनमाथि आज सुनुवाई हुन लागेको हो । यसअघि हिजो बुधवार नै सुनुवाई हुने भनिएपनि रिटका विपक्षी बाँके जिल्ला अदालत लगायतले मिसिल उप्लब्ध गराउन ढिलाई गरेका कारण आजको लागि सरेको थियो ।
नेता रणवीरलाई भने बुधवार नै सर्वोच्च अदालतमा उपस्थित गराईएको थियो । उहाँलाक्ष्ए महानगरीय प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ । नेता बममाथि बाँके प्रहरीले विष्फोट, संगठित अपराध र राज्यविरुद्धको कसुर गरेको अभियोग लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ