पाँचथर हत्याकाण्डः १० वटै शव धरानको बीपी प्रतिष्ठानमा, आजैबाट परिक्षण गरिने

पाँचथर हत्याकाण्डः १० वटै शव धरानको बीपी प्रतिष्ठानमा, आजैबाट परिक्षण गरिने

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

धरान, जेठ ८ ।
पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान लगिएको छ । सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजैदेखि सबै शवको पोस्टमार्टम गरिने जानकारी दिनुभयो । पाँचथरको आरुबोटेमा हत्या गरिएको अवस्थामा भेटिएका दुई परिवारका ९ र मिक्लाजुङ–८ लुमाङदिनमा झुन्डिएको अवस्थामा फेला परेको एउटा शवसमेत मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा जम्मा पारेर धरान लगिएको हो ।

मिक्लाजुङ गाउँपालिका–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । घटनास्थल भन्दा दुई घण्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो ।

मानबहादुरले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ