प्रहरीको गोली प्रहारबाट नेकपा कार्यकर्ता मारिए, नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेकपाको आपत्ति

प्रहरीको गोली प्रहारबाट नेकपा कार्यकर्ता मारिए, नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेकपाको आपत्ति

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

भोजपुर, ८ जेठ ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको तीन महिना नपुग्दै सो पार्टीका एक जना कार्यकर्ताको प्रहरीको गोली प्रहारबाट ज्यान गएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना भोजपुरका जिल्ला स्तरीय नेता तिर्थराज घिमिरेको प्रहरीले गोली हानी हत्या गरेको जनाएको छ ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्गमा प्रहरीको गोली प्रहारबाट घाइते भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको ज्यान गएको हो । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने स्थानमा प्रहरीले उनीमाथि गोली हानेको थियो ।
प्रहरीको गोली प्रहारबाट गम्भिर घाईते षडानन्द नगरपालिका २ कुदाक काउलेका तिर्थराज घिमिरेको उपचारका क्रममा अस्पताल लैजार्दै गर्दा बाटैमा मृत्यु भएको हो । तिघ्रामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले बुधवार बिहान मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले जानकारी दिए ।
उनका अनुसार घाईते घिमिलेलाई यातायातको असुबिधाका कारण घटनास्थलबाट बोकेर सडकमा पुर्याएपछि मात्रै उपचारका लागी हस्पिटल लैजानुपरेकाले मृत्यु भएको हो ।
गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो । मंगलवार साझ पाँच बजे धरान पठाइएको उनलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत घोषित गरिएको थियो ।
गत फागुन २८ गते सरकारले विप्लव नेतृत्वको ने.क.पा.माथि प्रतिबन्ध लगाएसँगै सो पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले निगरानी तथा धरपकड तिब्र पारेको थियो । तर प्रहरीले गोली हानी विप्लवका कार्यकर्ताको हत्या गरेको भने यो पहिलो घटना हो ।
नेपाल कम्युनिस्ट पार्टीले भने प्रहरीले गोली प्रहार गरी भोजपुरका नेता तीर्थराज घिमिरे ‘राजु’ को हत्या गरेको भन्दै गम्भीर आपत्ति, खेद र आक्रोश प्रकट गरेको छ ।
सरकारले नेकपाका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको दाबी गरे पनि नेकपा सगरमाथा ब्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेड नभएको र आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा ब्युरोका नेता शैलेशले भनेका छन्, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हो ।’
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताए ।
‘भोजपुर नगरपालिकास्थित भैँसीपङ्खाको आइतबारे भीरनजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पु¥याउन नसक्दा घिमिरेको बाटैमा मृत्यु भएको’ उनले बताए ।
यता नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोख्रेलले प्रहरीको गोली लागेर घाईते तीर्थराज घिमिरेको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको हुन सक्ने बताएका छन् । तीर्थराजमाथि प्रहरीले आत्मारक्षाका लागी गोली चलाएको र सो क्रममा घाईते भएका उनको उपचारहुनु अघि नै अत्याधिक रक्तश्राप भएका कारण ज्यान गएको बताए ।
तर ने.क.पा. सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको भन्दै आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको बताए ।
‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेर गलत प्रचार गरिएको छ । मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हो ।’ उनले भने ।
नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले पार्टीका नेता–कार्यकर्तालाई खोजीखोजी गिरफ्तार गर्ने, गिरफ्तारीका लागि गोली प्रहार गर्ने, यातना दिने र झूट्टा मुद्दा लगाई हिरासत तथा जेल चलान गर्ने कार्य गर्दै आएको छ ।
यसअघि सल्यान, कपिलवस्तुलगायत जिल्लामा पनि प्रहरीले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर्न गोली प्रहार गरी घाइते बनाएको थियो । यस्तै चैत ६ गते काभ्रेमा पनि प्रहरी ने.क.पा. कार्यकर्तालाई लक्षित गरी गोली चलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ