नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बोलाइएको सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पोलिट्व्यूरो सदस्यको नामावली नटुंगिएको र कार्यविभाजनमा शीर्षनेताहरुबीच विमति हुँदा बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

अध्यक्ष ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको जानकारी दिइएको छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।

सो बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएपनि आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ