काठमाडौं, जेठ ५ ।
संघीय संसदको प्रतिनिधिसभा बैठक भोली बस्ने भएको छ । भोली बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वर्ष प्रतिवेदन २०७५’ पेश गर्ने कार्यक्रम छ ।
साथै प्रधानमन्त्रीले ‘ सरकारको आर्थिक वर्ष ०७४–०७५को सुशासन प्रतिवेदन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक वर्ष ०७४–७५को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline