पार्टी सुध्रिए स्वतः जागरण आउँछः शेखर कोइराला

पार्टी सुध्रिए स्वतः जागरण आउँछः शेखर कोइराला

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, जेठ ५ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताउनु भएको छ ।

नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्ने जिकिर गर्नुभएको हो ।

उहाँले कांग्रेसको कमजोरी कांग्रेस नै हुने अवस्थाको अन्त्य गरेमात्रै जागरण अभियान सार्थक हुने बताउनुभयो। वर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको भन्दै नेता कोइरालाले सरकारको कदमविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई नेतृत्वले प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जागरण अभियान कांग्रेसको आन्तरिक एकता मजबुद पार्नका लागि भएको भन्दै एकताबिना कम्युनिष्टसंगको प्रतिस्पर्धा सहज नहुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ