पोलिटब्यूरो गठन र जिम्मेवारी बाँडफाँड लगायतकाबारे नेकपाले छलफल गर्दै

पोलिटब्यूरो गठन र जिम्मेवारी बाँडफाँड लगायतकाबारे नेकपाले छलफल गर्दै

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, जेठ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठनलगायतका विषयमा छलफल गर्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठकमा बस्दैछ ।तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भए पनि एकीकरणका सम्पूर्ण काम सकिएको छैन । नेकपाले यही जेठ मसान्तभित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पु¥याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ ।

यस्तै, बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउनेबारे छलफल हुने भएको छ ।  सरकारको आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ