राष्ट्रपति भण्डारीद्वारा लुम्बनी भ्रमण बर्षको शुभारम्भ

राष्ट्रपति भण्डारीद्वारा लुम्बनी भ्रमण बर्षको शुभारम्भ

  • शनिबार, जेष्ठ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडाैँ, जेठ ४ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार २५६३ औ बौद्ध जयन्ती तथा लुम्बनी भ्रमण बर्ष २०७६को शुभारम्भ गर्नुभएकाे छ ।
लुम्बिनीमा आयोजना गरिएको विशेष समारोह विचमा राष्ट्रपति भण्डारीले लुम्बनी भ्रमण बर्षकाे शुभारम्भ गरेकी हुन् ।  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरुको सहभागीता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराउदै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा जोड्न आग्रह गरिन् ।  लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसहरुलाई जोड्न नसकिएकोले गौतमबुद्ध विमानस्थल निर्माणको काम छिटो सक्नुपर्ने बताइन् ।

जापानी नागरिक टांगेले सन् १९७२ मा शुरु गरेको गुरुयोजना बनाउने कामको अध्ययन सन् १९७८ मा पूरा गरी सरकारलाई हस्तान्तरण गरेका थिए । तर ४१ वर्ष पूरा हुँदा पनि लुम्बिनी विकासको गुरुयोजना पूरा हुन सकेको छैन । अझै १२ प्रतिशत काम पूरा हुन बाँकी रहेको छ ।

भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खोज्ने खोज्ने विश्वास व्यक्त गर्दै  उनले प्रदेश सरकारको अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने पनिधारणा राखिन् ।

साेहि अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लामो समय मुलुक द्वन्द्वमा अल्झिए पनि अब नेपाल शान्तिको बाटोमा अगाडि बढिसकेको बताए ।

इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाकै दिन अर्थात आजकै दिन भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजैका दिन प्राप्त गरेका बताइन्छ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए।
निरन्तर ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्ध भएका थिए। वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

वुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतार मध्ये एक अवतार मान्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ