पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो, हवाई इन्धन र एलपि ग्याँसको यथावत

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो, हवाई इन्धन र एलपि ग्याँसको यथावत

  • शुक्रबार, जेष्ठ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, ३ जेठ ।

नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२बजेबाट लागुहुनेगरी तीन इन्धनको मुल्य घटनाएको हो।

नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपै‌याँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपै‌याँ घटाइएको छ। भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको निगमका प्रवक्ता गोइतलेे भने, ‘नयाँ मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ।’

हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको छ। मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ। सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। तर, स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन भएको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी