मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारद्धारा देशभर प्रदर्शन(फाेटाेफिचर)

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारद्धारा देशभर प्रदर्शन(फाेटाेफिचर)

  • शुक्रबार, जेष्ठ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

३ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारले देशभर शुक्रबार प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार साधनसहित पत्रकारले धर्ना दिएका हुन् ।
काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । भने उक्त प्रदर्शनलाई मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले पनि साथ दिएका थिए ।
पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले मुखमा कालोपट्टी बाँधेका थिए ।
प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिन माग गरेको छ ।
आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै महासंघले आफुहरुको माग पुरा नभए भोली शनिवार बैठक बसेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।
महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिएको छ ।


बानेश्वरको प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसलाई अंकुश लगाउने गरी संसदमा विधेयक दर्ता गरिसकेपछि आफुहरुले विभिन्न ढंगले आवाज उठाएपनि त्यसको सुनुवाई हुन नसकेपछि बाध्य भएर सडकमा आउनुपरेको बताए ।
उनले सडकको आवाज लोकतन्त्रको र मौलिक अधिकारको आवाज रहेको बताउँदै यो आवाजको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने बताए ।

यस्तै महासंघका उपाध्यक्ष विपुल पोखरेलले विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको बताए । महासंघले आयोजना गरेको प्रदर्शनमा पत्रकारका विभिन्न संघ, संगठनका साथै नागरिक अगुवासमेत सहभागी भएका थिए ।


धर्ना कार्यक्रममा नागरिक समाज, मानवअधिकारकर्मीहरुले प्रेस स्वतन्त्रता र मानव अधिकार रक्षाको माग गर्दै आफ्ना धारणा राखेका थिए । सरकारले आचार संहिता विपरितको समाचार प्रकाशन गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेपछि पत्रकार महासंघले आन्दोलन सुरु गरेको हो ।

  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी