वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

  • बिहिबार, जेष्ठ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

रिदेन महर्जन/ काठमाडौं ।

इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको छ । ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक बिपिन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव सम्बन्धी रोगबाट मृत्यु भएको हो ।

ज्यापू महागुथिको अध्यक्षको जिम्मेवारी लिई ज्यापू जातिको नेतृत्व गर्नुका साथै उहाँ वामपन्थी नेता पनि हुनुहुन्छ । वि. सं. २०६४ सालको चुनावमा काठमाडौं ५ न क्षेत्रबाट तत्कालीन नेकपा माओबादी पार्टी तर्फबाट संबिधानसभाको सांसद पदमा उठ्नु भएको थियो । उनका बुद्ध उपदेश र नेपाली समाजका कथा, नेपाल भाषाको ‘नेपाः व नेवाः समाज छगू म्हसिका’, ‘मां पितब्यूम्ह काय्’ (नौ वटा संग्रहित कथा) लगायतका पुस्तक प्रकाशित भएका छन् भने नेपाली ऐतिहासिक पुस्तक ‘‘इतिहासबाट सिक्दै क्रान्तिमा’ अप्रकाशित रहेका छन् ।

समाज सुधारक तथा प्रगतिशिल बिचारधाराका ब्यक्तित्व बिपेन्द्र महर्जनको तीन छोरा दुइ छोरीहरु छन् । विगत लामो समय देखि राज्य स्तरबाट शोषित उत्पीडितमा पारेका नेपाली तथा आदिबासी जनताहरुको आवाज बुलन्द बनाउनका अनुसन्धानात्मक लेखहरु विभिन्न पत्र पत्रिकामा प्रकाशन गर्दै आउनु भएको थियो ।

आदिवासी, जनजातीहरुको साँस्कृतिक क्षेत्रमा आएको विचलन र बिकृतिका विषयमा उहाँले सय भन्दा धेरै लेखहरु प्रकाशन गरिसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ