राष्ट्रिय बीमा संस्थानको जीबन बीमा कोषमा २० अर्ब पुग्याे

राष्ट्रिय बीमा संस्थानको जीबन बीमा कोषमा २० अर्ब पुग्याे

  • बिहिबार, जेष्ठ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले ५ अर्ब ६३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा २१ लाख ५५ हजार रुपैयाँ बढी हो।
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले २ अर्ब ३३ करोड खुद बीमा शुल्क आर्जन गरको थियो।
कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैया छ भने जगेडा कोषमा १८ करोड ६६ लाख रुपैया छ।
कम्पनीको जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि हुँदै २० अर्ब ७ करोड पुगेको छ। जीबन बीमा कोषको आकार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० अर्ब ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको जीबन बीमा कोष पाँच अर्ब तीन करोड ४० लाख रुपैयाँले बढोत्तरी भएको हो।
कम्पनीले यस अवधिमा पाँच अर्ब ६३ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब २७ करोड एक लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आवको तेस्रो त्रैमासमा यस कम्पनीले दुई अर्ब ३३ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब ६० करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

संस्थानको गत आवको तुलनामा तेस्रो त्रैमासम्ममा खुद बीमा शुल्क आर्जन रकम ३ अर्ब २९ करोड ३८ लाखले बढेको छ भने ३३ करोड १५ लाख कम खुद दाबी भुक्तानी गरेको छ।
कम्पनीले राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ। यस कम्पनीले ६ अर्ब ५४ करोड ९० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरि एक अर्ब १६ करोड ३७ लाख र एक अर्ब ३५ करोड ९४ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेर ७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ४२ पैसा कायम भएको छ। राष्ट्रिय बीमा संस्थानको नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन भने निर्जीबन बीमा कारोबार गर्ने राष्ट्रिय बीमा कम्पनीको नेप्सेमा कारोबार हुने गरेको छ। राष्ट्रिय बीमा कम्पनी र संस्थान छट्टिएपछि नेपाल स्टक एक्सचेञ्जमा राष्ट्रिय बीमा कम्पनीको मात्र शेयर कारोबार हुँदै आइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी