संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल, कस्ले के भने ?

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल, कस्ले के भने ?

  • मङ्लबार, बैशाख ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, वैशाख ३१ । संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा आज छलफल भएको छ ।

सिंहदरबारमा बसेको संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा सांसदहरुले निजामती सेवाको गठन प्रकृया र व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो धारणा राखेका छन् । सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तीनै तहमा निजामती कर्मचारीको सेवा, सुविधा एउटै हुनुपर्नेमा जोड दिए ।

सांसद रामकुमारी झाँक्रीले निजामती सेवा प्रभावकारी हुन नसकेको भन्दै कानुन निर्माणकै क्रममा प्रभावकारी छलफल हुनु पर्ने बताइन् ।

बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवालाई प्रभावकारी बनाइने बताए । उनले सांसदहरुको सुझाव संकलनपछि कानुन निर्माण गरिने भएकाले अर्को बैंठकपछि निर्णयमा पुगिने जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ