पत्रकार महासंघकाे टाेलीले बुझायाे सभामुखलाई ज्ञापनपत्र, मिडिया काउन्सिल विधेयक रोक्न माग

पत्रकार महासंघकाे टाेलीले बुझायाे सभामुखलाई ज्ञापनपत्र, मिडिया काउन्सिल विधेयक रोक्न माग

  • सोमवार, बैशाख ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडाैं, ३० वैशाख ।

सरकारले संसदमा पेश गरेकाे मिडिया काउन्सिल विधेयक रोक्न माग गर्दै नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएकाे छ । साेमवार सिंहदरबारस्थित महराकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन् । सभामुख महरालाइ बुझाउनुअघि ज्ञापनपत्र महासचिव रमेश विष्टले पढेर सुनाएका थिए ।

साे अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत हुन जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्थाले काउन्सिललाई स्वयायक्त नभई पुर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने भन्दै त्यो व्यवस्था हटाउनुपर्ने माग गरे । उनले आफुहरुले गरेको आन्दोलन सरकारविरुद्ध र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको बताए ।

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए । महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसँग छलफल गर्ने बताए । उनले राष्ट्रियसभाका अध्यक्ष, विषयगत समितिका सभापतिलाई भेट्न पनि सुझाव दिए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणवद्ध आन्दोलन घोषण गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ । अाजै अपरान्ह राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनालाइ पनि ज्ञापनपत्र बुझाउदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ