२९ वैशाख, काठमाडौं । सरकारले संसदमा पठाएको मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले बिराेध गरेकेा छ ।
कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको बताएको हो । पत्रकार सम्मेलनमा बाेल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विधेयक पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू भएकाे भन्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक हुने भन्दै त्यसलाइ फिर्ता गराएरै छाड्ने बताए ।
काउन्सिललाई लाचार छायाँ बनाउन खोजेको उनकाे आरोप छ । समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटि हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भउको दावी गरेको छ ।