काठमाडौं, २९ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का निकट रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक लामा भनिने वीरबहादुर तामाङलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ ।
रामेछापको खाँडादेवी घर भएर भक्तपुरको सूर्यविनायकमा कोठा लिई बस्दै आएका उनलाइ प्रहरीले पक्राउ गरी टेकु पुर्याएकाे हाे । यही बैशाख २७ गते दिउँसोदेखि सम्पर्कविहीन रहेको विवेकलाई हिजो शनिबार दिउँसो कोठा तलासीका लागि उनलाई आफूलाई प्रहरी बताउने सादा पोशाक प्रहरीले भ्यानमा राखेर पुर्याएको परिवारले जनाएको छ ।
त्यसपछि उनलाइ टेकु लगिएकाे जनाइएकाे छ । सरकारले ने.क.पा.माथि दमन र धरपकडलाइ तीव्रता दिएकाे छ । जसकाे चाैतर्फी विराेध जारी छ । उक्त पार्टीमाथिकाे प्रतिबन्ध खारेज गर्न माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline