सिभिल बैंक लिमिटेडले १०.२५% बोनस शेयर सहित ४.०५% नगद लाभांश दिने भएको छ ।
हालै सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३÷०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५% का दरले हुनआउने रु. ७४,४०,७९,३१२.०८ (अक्षरेपीचौहत्तर करोड चालीस लाखउनासीहजार तीन सय बा¥ह रुपैयाँ आठ पैसा मात्र) बराबरको बोनस शेयर वितरण गर्ने र ०.५४% का दरले हुनआउने रु. ३,९१,६२,०६९.०६ (अक्षरेपीतीन करोड एकानब्बे लाख बैसट्ठीहजार उनन्सतरी रुपैयाँ छ पैसा मात्र) (कर प्रयोजनको) लागिनगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले हुनआउने रु.२९,४०,०२,०६९.६५ (अक्षरेपीउन्नतिस करोड चालीस लाखदुई हजार उनानसत्तरी रुपैयाँ पैसट्ठी पैसा मात्र) नगदलाभांशवितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ।
साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राजतामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाशतायल, शम्भु प्रसादपन्त र युगेश बहादूर मल्ललाईसंचालकपदमाआगामीचार बर्षको लागिनिर्विरोध निर्वाचितगरेको छ ।

साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागिबिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमानियुक्तगर्नुकासाथै सिभिल बैंक लिमिटेड र अन्यउपयुक्त बैंक तथावित्तीय संस्थाहरु एक आपसमागाभ्ने÷गाभिन (मर्जर) वाप्राप्ति (एक्विजिसन ) गर्न÷हुनवा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमाजानआवश्यक सहमती र सम्झौतालगायतकाआवश्यक सम्पूर्ण कार्यहरु गर्न÷गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदानगर्ने निर्णय गरेको छ ।

सिभिलबैंकले आधुनिकप्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामाविशेष ध्यानदिंदै ग्राहकसेवालाइनिरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारकोक्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।