समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन सकेनः सिंह

समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन सकेनः सिंह

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, वैशाख २८ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार आफै संघीयतालाई असफल बनाउन लागिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाउँदै नेता सिंहले भने, ‘सरकार विकास बजेट खर्च गर्न नसकेर संघीयतालाई असफल बनाउन लागिरहेको छ’
नेपाली कांग्रेसस काठमाडौं क्षेत्र नम्बर–१ ले शनिबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उनले समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको तर्क गरे ।
उनले वर्तमान सरकारले संसदको मर्यादालाई पालना समेत गर्न नसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लजजास्पद भएको सिंहकाे भनाइ थियाे ।
नेता सिंहले कांग्रेस पार्टीलेमात्र मुलुकको विकास गर्ने उल्लेख गरे । पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको उनको तर्क थियो । नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ