सीताराम मावि पुगेर देउवाले भने- ‘म आफै दाउरा जाने, खाना पकाउने काम गर्थे’

सीताराम मावि पुगेर देउवाले भने- ‘म आफै दाउरा जाने, खाना पकाउने काम गर्थे’

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

धनगढी, २८ वैशाख। शनिवार धनगढी पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफू पढेको सीताराम माध्यामिक विद्यालयको ६०औं वार्षिक उत्सव समारोहमा सहभागी भए ।
२०१९ सालमा ढोटीस्थित सीताराम विद्यालयबाट एसएलसी पास गरेका देउवाले उक्त समारोहमा सहभागिता मात्र जनाएनन्, विद्यालयको शिक्षाले नै आफूलाई यो स्थानमा र्पुयाएको भन्दै गुरुहरुको मेहनत र परिश्रमको समेत खुलेर प्रशंसा गरे ।
उनले भने, ‘मैले सीताराम विद्यालयबाट एसएलसी दिएको हुँ’, रामाश्रममा रहेको छात्रावासमा म आफै दाउरा जाने, खाना पकाउने काम गर्थें।’
उनले थपे ‘डोटीको सुन्दर ठाउँ रामाश्रम क्षेत्रमा आफ्नो बाल्यकाल बिताउन पाउँदा मलाई गौरब लाग्छ’ ।
साथै सभापति देउवाले सुदूरपश्मिको विकासका लागि आफु गृहमन्त्री हुँदादेखि नै सक्रिय भएको भन्दै विकासका लागि प्रधानमन्त्री भए पनि नभएपनि सधै अग्रसर रहने बताए । देउवा मुलुकको ४ पटक प्रधानमन्त्री भईसकेका छन् । उनले उक्त अवसर सुदूरपश्चिम वासीले दिएको पनि बताए ।
सोहि कार्यक्रममा सहभागी सत्तारुढ दल नेकपाका नेता तथा पुर्व मन्त्री लेखराज भट्टले पनि आफुले अध्ययन गरेको शिक्षाले गर्दा नै यहाँसम्म आउने सहयोग पुगेको भन्दै संस्कृति संरक्षणका लागि शिक्षा एक महत्वपूर्ण पाटो भएको बताए ।
यस्तै नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले समाज परिसर्वतनका लागि शिक्षा महत्वपूर्ण हतियार भएको बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ