हेटौंडा, २६ वैशाख। तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अदालतकाे फैसलाले कतिपय विकास निर्माणका काममा असर गरेकाेले त्यसतर्फ सचेत रहनुिपर्ने बताएका छन् । कानुन दिवसको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ३ ले बिहीबार बिहान हेटौंडामा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाैडेलले गौरवका योजना र विकासका ठूला आयोजनामा कानुनी अड्चनका कारण एक वर्षमा हुनुपर्ने काम पाँच वर्षसम्म पनि पूरा नहुने गरेको बताए । उनले भने, अदालतका कतिपय फैसला र आदेशका कारण विकास आयोजना प्रभावित भइरहेका छन् यसतर्फ सचेत हुनुपर्छ । उनले यस्ता विषयमा फैसला गर्दा न्यायमूर्तिले ध्यान दिनुपर्नेमा पनि जाेड दिए ।
सबैले कानुनको पालना गर्नुपर्ने भन्दै पौडेलले कसैको मुख हेरेर फैसला गर्नुभन्दा पनि तथ्यको आधारमा फैसला हुनुपर्ने बताए। ‘कतिपय अवस्थामा न्यायमूर्तिहरुले निर्मम भएर फैसला नगर्दा संस्थालाई नै अविश्वास गर्ने घटनाहरु भएका छन्, उनले भने।’
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक परिवर्तन अनुसारको कानुन निर्माण गरी जनतालाई न्याय दिन नसकिएका कारण नै जनताको विश्वास बढ्न नसकेको बताए ।
उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधिश पुष्पराज कोइरालाले न्यायमा सबैको समान पहुँच स्थापित गराउन न्यायालय लागिपरेकोबताएका थिए ।