काठमाडाैं, २६ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभू लाईफ इन्स्योरेन्सले २४ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको बीमा शूल्क २१ करोड ७० लाख रुपैयाँ धेरै संकलन गरेको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले तीन करोड १४ लाख रुपैयाँ मात्र बीमा शूल्क संकलन गरेको थियो । चैत मसान्तमा इन्स्योरेन्सले एक करोड ९३ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा एक करोड ७३ लाख रुपैयाँले धेरै हो ।
गत वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफामा संकुचन भएको छ । गत वर्षको तेस्रो त्रैमासमा चार करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा तीन करोड ८० लाख रुपैयाँ खुद नाफा कामाएको छ ।
इन्स्योरेन्सको खुद नाफा २२ प्रतिशतले घटेको हो ।इन्स्योरेन्सको खर्च व्यवस्थापनमा बढोत्तरी हुदा खुद नाफा संकुचित भएको देखिन्छ ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ, जीवन बीमा कोषमा २२ करोड ७१ लाख रुपैयाँ र महा बिपत्ती जगेडामा ३९ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले ४ वटा दाबी वापत ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।