प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाकाे भ्रमणमा निस्किए, काे काे छन् भ्रमण टाेलीमा ?

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाकाे भ्रमणमा निस्किए, काे काे छन् भ्रमण टाेलीमा ?

  • बिहिबार, बैशाख २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओली बिहिवार भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा दुइ देशको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, केही सांसदहरु, केही स्थानीय तहका प्रतिनिधिहरु, निजी क्षेत्रका प्रतिनिधिहरु र सञ्चारकर्मी सहभागी छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, विभिन्न संवैधानिक निकायका प्रमुख, मन्त्रीगणलगायत उच्चपदस्थ सरकारी अधिकारीले विदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ