सडकबाटै ओली सरकारलाई ढाल्ने काग्रेसकाे चेतावनी

सडकबाटै ओली सरकारलाई ढाल्ने काग्रेसकाे चेतावनी

  • बुधबार, बैशाख २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकाे यस्तै  रवैया रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी पनि उनले दिए ।नेपाली कांग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले सडकमा रेलिङ भाँच्ने र संसदमा कुर्सी फोड्ने प्रतिपक्षी नभएपनि यस्तै रवैया रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी पनि उनले दिए ।

संसदमा प्रश्न सोध्न पाउने सांसदहरुको अधिकारको हस्तक्षेप गरेर संसदलाई नै सरकारको नियन्त्रणमा राखिएको उनको आरोप थियो । देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै कायर सभामुखको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा मर्यादाहीन अभिव्यक्ति दिएको जान्दा–जान्दै पनि सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसकेको उनले महरा कायर रहेकाे बताए ।

आफूइतरका विषयमा लेख्ने, बोल्नेलाई विभिन्न बहानामा धम्क्याउने, जेल हाल्ने, सुरक्षा परिषद् ऐन परिवर्तन गरेर सेनामा कब्जा जमाउने, मानवअधिकार आयोगलाई नियन्त्रणमा राख्नेजस्ता क्रियाकलापले सरकार अधिनायकवादी भएको पुष्टि गरेको उनको जिकिर थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ