काठमाडौं, २५ वैशाख । नयाँ शक्तिमा रहेका एक दर्जन नेताले पार्टीभित्र एकताको विधिका विषयमा छलफल र बहस नै नगराई डा. बाबुराम भट्टराई हठात एकता प्रक्रियामा सहभागी भएको भन्दै असन्तुष्टि जनाएका छन्।
कृषि विज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै बाबुरामलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे
पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास नभएकाे निश्कर्ष निकाल्दै उनीहरूले नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेण्डा, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित नभएकाेबारे भट्टराईलाई लिखित ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे बैठकमा सहभागी एक नेताले बताए ।
भेलामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ कल्पना धमला, देवेन्द्र पराजुली, तीन नम्बर प्रदेश इन्चार्ज रहेका सोनामसिंह स्याङतान, कर्णाली संयोजक रामबहादुर बोहोरा, रामरिझन यादव, भक्तबहादुर साह, पूर्वसभासद् ज्ञानेन्द्र कुमाललगायत नेता सहभागी थिए।
उनीहरुले एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह पनि फोरमकै लिएको र नेतृत्वका सवालमा पनि उपेन्द्रलाई कार्यकारी भूमिका दिएर आफू सेरोमेनियल मात्र बनेको भन्दै असन्तुष्टि जनाएका थिए।