काठमाडाैं, बैशाख २५ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
वुधवार नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट गिरफ्तार गरिएको बताइएकाे छ । बमसंगै रहेका कालिकोटका सत्य वहादुर शाहीलाइ पनि प्रहरीले गिरफ्तार गरेकेा छ ।
उनीहरूलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि नेकपाका स्थाई समिटी सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘शुदर्शन’, पोलिटव्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ लगायतका नेताहरु गिरफ्तार भैसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline