कांग्रेसको जागरण अभियान आजदेखि देशभर एकसाथ सुरु, काठमाडौंमा देउवाले उद्घाटन गर्ने

कांग्रेसको जागरण अभियान आजदेखि देशभर एकसाथ सुरु, काठमाडौंमा देउवाले उद्घाटन गर्ने

  • बुधबार, बैशाख २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २५ बैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गरेको छ ।काठमाडौं बाहेक अभियानको उद्घाटन ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले गर्नेछन् ।

काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।

तीन चरणमा हुने अभियानको प्रथम चरण आजदेखि सुरु भई आगामी जेठ २५ गते समापन हुनेछ ।

त्यस्तै दोस्रो चरण भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते समापन हुने छ ।

पहिलो चरण ७७ जिल्लामा, दोस्रो चरण ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७ सय ५३ स्थानीय तहमा हुने छ ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ