चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब

चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब

  • मङ्लबार, बैशाख २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ।
आयात उच्च दरको वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापारघाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ।
चैत महिनाको वैदेशिक व्यापारमा मात्र एक खर्ब ३ अर्ब रूपैयाँको घाटा छ ।
अहिलेकै दरमा व्यापारघाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसमम १४ खर्ब ३० अर्ब व्यापारघाटा हुने अनुमान गरिएको छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रूपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमान अनुसार ११ खर्ब ९९ अर्ब रूपैयाँ खर्च हुनेछ।
यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासी मध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी