प्रतिपक्षीको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भने- दिउँसै र ब्युँझिएकै बेला देखेको सपना हो

प्रतिपक्षीको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भने- दिउँसै र ब्युँझिएकै बेला देखेको सपना हो

  • मङ्लबार, बैशाख २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रम सरकारले दिउँसै र ब्युँझिएकै बेला देखेको सपना भएको स्पष्टीकरण दिएका छन्।

मंगलबार नीति तथा कार्यक्रमका विषयमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विपक्षी दलहरुले ‘दिउँसै सपना देखेको’ भनेर नीति तथा कार्यक्रमको आलोचना गरेकाे भन्दै उक्त सपना दिउँसै र ब्युँझिएकै बेला देखेको बताए ।

उनले सरकारले देखेको सपना देश बनाउने अठोटको भएको र सोही सपना साकार पार्न सरकारले संकल्प र अठोट लिएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै सरकारले सो शब्द प्रयोग गरेको र शब्द चयनमा सरकारले कुनै भुलचुक र गल्ती नगरेको स्पस्ट पारे । अर्थलाई अनर्थ लगाउने गरी व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्रपतिलाईसमेत केही अधिकार दिएको बताए ।

उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गर्दा त्यसमा आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ