प्रतिपक्षी काङ्ग्रेसको बिरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित, प्रधानमन्त्रीले भने- आक्रोश, कुन्ठा र निम्छरो प्रश्नको जवाफ दिन्न

प्रतिपक्षी काङ्ग्रेसको बिरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित, प्रधानमन्त्रीले भने- आक्रोश, कुन्ठा र निम्छरो प्रश्नको जवाफ दिन्न

  • मङ्लबार, बैशाख २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, वैशाख २४ ।

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच नीति तथा कार्यक्रम पारित भएको हो ।

मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ भनेपछि कांग्रेस सांसद मीन विश्वकर्माले उठेर नियमापत्ति गरेका थिए ।

त्यसपछि अरु कांग्रेस सांसदहरु पनि विरोधमा उठेका थिए । केहीबेर प्रधानमन्त्री ओली र प्रतिपक्षी सांसदहरुबीच जुहारी चलेको थियो ।

तर, प्रधानमन्त्री ओलीले प्रश्नको पनि सीमा र मर्यादा हुन्छ भन्दै रेकर्ड सुनाउन माग गरेका थिए । हो–हल्लाकैबीच प्रधानमन्त्री ओलीले जवाफ दिइरहे भने हो–हल्लाकैबीच नीति तथा कार्यक्रम बहुमतले पारित गरियो ।

प्रतिपक्ष कांग्रेसले संसदमा भएको घटना सामान्य नभएको भन्दै सभामुख सरकारको लाचार छाया बनेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको जवाफमाथि टिप्पणी गर्न सांसदहरुलाई समय दिएका थिए ।

प्रतिपक्ष दलका करिब डेढ दर्जन सांसदले प्रश्न गरेपछि जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो प्रश्नबाहेक अरु प्रश्नको जवाफ दिने बताएपछि प्रतिपक्ष दलका सांसदले बैठकमा हो–हल्ला गर्दै विरोध जनाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ