काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानको लागि केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड

काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानको लागि केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड

  • सोमवार, बैशाख २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, २३ बैशाख ।

राष्ट्रिय जागरण अभियानकाका लागि नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले कमाण्ड गर्ने जानकारी दिए ।

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्नेछन् ।

यस्तै प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपेन्देहीमा महामन्त्री डा. शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने पनि शर्माले जानकारी दिए ।

७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुने अभियान विदेशका ३३ स्थानमा समेत हुने जनाइएको छ । १२ भाषामा जागरण गीत समेत सार्वजनिक गरिएको छ ।

अभियानका क्रममा नेताहरुले स्थानीय जनताका गुनासा र सुझाव समेत सुन्नुपर्ने छ ।

तीन चरणमा हुने अभियानले पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास कांग्रेसको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ