भारतसँग जाेडिएका महोत्तरीका ११ सीमानाका ‘सिल’

भारतसँग जाेडिएका महोत्तरीका ११ सीमानाका ‘सिल’

  • आइतवार, बैशाख २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

गौशाला, वैशाख २२ । भारतमा भइरहेको लोकसभा निर्वाचनका कारण महोत्तरी जिल्लासँग जोडिएका ११ सीमानाका आइतबार बिहानदेखि ‘सिल’ गरिएको छ ।

भारतको बिहार राज्यको विभिन्न लोकसभा सिटमा सोमबार हुने निर्वाचनलाई मध्यनजर गदै आइतबार बिहान ५ बजेदेखि सोमबार साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका सिल गरिएकाे हाे ।

भारतको बिहार राज्यको सीतामढी, मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीका ११ ओटै नाकामा सिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अहिले सीमानाकामा नेपाल–भारत दुवैतर्फ उल्लेख्यरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवत–जावतमा रोक लगाइएको छ ।सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ