एलआईसी नेपालको खुद नाफा ७.३७ प्रतिशतले वृद्धि, खुद बीमा शुल्क नौं अर्ब नजिक पुग्याे

एलआईसी नेपालको खुद नाफा ७.३७ प्रतिशतले वृद्धि, खुद बीमा शुल्क नौं अर्ब नजिक पुग्याे

  • आइतवार, बैशाख २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडाैं, २२ वैशाख ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ८ अर्ब ७९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो एक अर्ब ८३ करोड ६९ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट दुई अर्ब ९० करोड ३७ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत ९३ लाख ३५ हजार र बीमालेख धितोमा ८ अर्ब करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेर ६० करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ७.३७ प्रतिशतले सुधार भएको छ । इन्स्योरेन्सले यस अवधिमा १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको तेस्रो त्रैमासमा ९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५८ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ र महा बिपत्ती कोषमा १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

कुल ८ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सको ७ लाख १० हजार ८७२ बीमालेख कायम छ ।

यस अवधि सम्ममा इन्स्योरेन्सले ११ हजार ४१७ वटा दाबी वापत २ अर्ब २४ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३७.१२ गुणा बढी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ