सरकारकाे लक्ष्यः चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने

सरकारकाे लक्ष्यः चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, वैशाख २१ । आगामी चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने  सरकारले लक्ष्य अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा तीन वर्षदेखिको आर्थिक वृद्धिदरको प्रवृत्तिलाई थप उन्नत बनाउँदै चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको हो ।

सरकारी लगानी अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्रमा प्राथमिकताका साथ केन्द्रित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।निजी तथा सहकारी लगानीलाई यिनै क्षेत्रमा परिचालन गर्न प्रोत्साहित गरिने पनि योजना छ ।

सरकारका तर्फबाट ठूला आयोजनाहरू प्रवर्द्धन गरी नागरिकको लगानी आह्वान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।पूर्वाधारका महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गरी आर्थिक वृद्धिको सुदृढ आधार तयार गर्ने सरकारको नीति रहेको उल्लेख छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सन्चालनमा ल्याइने सरकारी योजना छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सन्चालन गर्नेगरी निर्माणकार्यमा तीव्रता दिइने जनाइएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य शीघ्र प्रारम्भ गरिने सरकारको भनाइ छ ।आगामी आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी ४५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।सरकारले ९५ प्रतिशत पूरा भइसकेको भनेको मेलम्ची खानेपानी आयोजनालाई पनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने भनी नीति तथा कार्यक्रममा उल्लेख छ ।कर्जा परिचालन मितव्ययी बनाउने, आगामी जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र स्थापना गरी लगानीकर्ताका लागि आवश्यक सबै सेवा छिटो–छरितोरूपमा एकै स्थानबाट उपलब्ध गराइने नीति तथा कार्यक्रमा उल्लेख छ ।

सातै प्रदेशमा औद्योगिक क्षेत्रहरूको निर्माण सुरु गर्ने एवं आगामी चार वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरी सन्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।निर्यातमूलक उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र र अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना एवं विस्तार गरिने पनि सरकारी योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ