खाँदबारी, १९ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालतले संखुवासभा इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सञ्जय तामाङ र सुजन विकलाई पुर्पक्षका लागि कारागार चलान गरेकाे सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।
जिल्ला इन्चार्ज गुरुङ र सुनितालाई अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको आरोप छ। भने अन्य दुई जनालाई हातहतियार खरखजना तथा संगठित अपराधको मुद्दा छ।
त्यसैगरी जिल्ला सदस्य बुद्धिमान तामाङ भने ४० हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ। बुद्धिमानलाई हातहतियार खरखजना तथा संगठित अपराधको मुद्दा दर्ता भएको थियो।
उता, ललितपुरबाट पक्राउ परेका अर्का पोलिब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई भने काठमाडौं लगिएको बताइएको छ।सर्वाेच्च अदालतले रिहा गरेलगत्तै प्रहरीले गरिरफ्तार गरी संखुवासभा ल्याएकाे थियाे ।