काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।
गृहमन्त्रालयमा बिहीबार बसेको बढुवा सिफारिस समितिकाे बैठकले पोखरेललाई डीआईजी बढुवामा सिफारिस गरेको हो।डीआईजी सुशील भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि डीआईजीको एक पद खाली थियो।
पोखरेल २८ माघमा काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा सरुवा भएका थिए ।
नेपाल प्रहरीका अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिने पाेख्रेलले परिसर रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन उत्कृष्ट कार्य गरेका थिए । उनले नक्कली नोट कारोबार गुण्डागर्दी नियन्त्रण, तस्कर,हुण्डी कारोबजारी,नियन्त्रणलगायतका काम गरेर चर्चा कमाएका छन्।
एसएसपी पोखरेलको कमान्डमा काठमाडौं प्रहरीले नागढुङ्गा बाट ९ किलो सुन बरामद गर्नुका साथै फुटबल देखी क्रिकेट सम्मका खेलमा अनलाईन बेटिङ गरी ठगी गर्ने अन्तराष्ट्रिय संजाल रहेको गिरोहलाई पक्राउ साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ गर्न सफल भएका थिए।काठमाडौं प्रहरीबाट सरूवा भएर उनी लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत् छन् ।
त्यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा उनले काम गरेका थिए ।
एसपी हुँदा जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए । डीएसपी हुँदा संखुवासभामा पहिलो संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए ।
बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए । बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।