राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • बुधबार, बैशाख १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १८ वैशाख । मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या आएपछि निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको थियो । तिब्बत भ्रमणका क्रममा तय भएका महत्वपूर्ण भेटवार्ता भने उनले हिजै सम्पन्न गरेकी थिएन ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगाएत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गरे ।उनी गत बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ’बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन ।

उनले चिनिया समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन ।  भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी