बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्न सत्तारूढ नेकपाकाे बैठकमा माग, कस्ले के भने ?

बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्न सत्तारूढ नेकपाकाे बैठकमा माग, कस्ले के भने ?

  • सोमवार, बैशाख १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १६ वैशाख ।बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटनाबारे छानबिन गर्न सत्तारुढ दल नेकपाको बैठकमा नेताहरूले माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेताहरूले जग्गा प्रकरणमा महासचिव पौडेल मात्र नभई पार्टीलाई समेत मुछेर आक्रमण बढेको भन्दै छानबिन माग गरेका हुन्।

वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसबारे चर्चा नगरे पनि त्यसपछि बैठकमा वरिष्ठ नेता नेपालले सम्पूर्ण कागजात संकलन गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।

सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिना छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वमा गठित समितिको प्रतिवेदनले बालुवाटारको सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन दिएको थियो। अतिक्रमित जग्गामध्ये नेकपा महासचिव विष्णु पौडेलको पनि ८ आना देखिएपछि यो विषयले पौडेल विवादित बन्न पुगेका छन्।

उक्त जग्गा भूमाफियामार्फत व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णय नेकपाकै वरिष्ठ नेता नेपालको प्रधानमन्त्रीत्व कालमा भएको पनि सार्वजनिक भएको छ। आफूसमेत विवादमा तानिएपछि नेपालले सम्पूर्ण कागजात झिकाइ छानबिन माग गरेका हुन्।

वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए।

शीर्ष नेताले निर्वाचन घोषणापत्रमा आधारित वार्षिक नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन्। चालु वर्षको कार्यक्रममा पार्टीको घोषणापत्रमा उल्लेखित विषय नसमेटिएको, समाजवाद उन्मुख कार्यक्रम नआएको र परिवर्तनलाई व्यवहारतः आत्मसात गर्ने कार्यक्रम नदेखिएको आलोचना भएपछि यसपटक घोषणापत्र केन्द्रित हुन सरकारलाई शीर्ष नेताले सुझाव दिएका हुन्।

बैठकमा वैशाख ८ को बैठकले तय गरेको पोलिट ब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा भने छलफल नभएको नेताहरूले बताएका छन्।

– फाइल फाेटाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ