नागरिकता संशोधनसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन

नागरिकता संशोधनसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन

  • सोमवार, बैशाख १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, वैशाख १६ । साना वाम पार्टीहरुले नागरिकता संशोधनसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै सोमबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायत सम्मिलित नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

त्यसक्रममा उनीहरुले गएको चैत १९ गते गृह मन्त्रालयले जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको नागरिकता दिनका लागि जारी गरेको परिपत्र जलाइएको थियो ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीयहरुलाई नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश र प्रधानसेनापति बनाउन नागरिकता विधेयक ल्याइएको भन्दै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार झन् ठूलो राष्ट्रघातमा उत्रिएको आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ