नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

  • शुक्रबार, बैशाख १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, १३ वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले शुक्रबार धनगढीबाट पक्राउ गरेको छ ।

शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ ।

यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाउदै तुरुन्त रिहाइको मागसमेत गरेका छन् । रिहाइ नगरे सरकार विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने मल्लले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ