सात महिलाको हत्यामा संलग्न एक जना‘सिरियल किलर’पक्राउ

सात महिलाको हत्यामा संलग्न एक जना‘सिरियल किलर’पक्राउ

  • शुक्रबार, बैशाख १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, वैशाख १३ । साइप्रसमा एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । सात महिलाको हत्यामा संलग्न ३५ वर्षीय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

मृतक महिलामध्ये दुई जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो । शव फेला परेका तीनै महिला फिलिपिन्सका रहेको जनाइएको छ । पक्राउ परेका व्यक्ति सेनामा रहेको जनाइरहेको छ ।

उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ । मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

‘सिरियल किलर’ को निशानामा पर्नेहरुमा रोमानियाकी एक महिला र उनकी ८ वर्षीया छोरी पनि छन् । हत्या गरिएकी अर्की एक महिलाको ६ वर्षीया छोरी बेपत्ता रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ