सेञ्चुरी बैंकको आठौं वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश दिने

सेञ्चुरी बैंकको आठौं वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश दिने

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, १२ वैशाख ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयरधनीलाई २ प्रतिशत बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बिहिवार सम्पन्न आठौं वार्षिक साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।
आ.व. २०७५र७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ६४ अर्ब १२ करोड र कर्जा रकम रु. ५९ अर्ब ६१ करोड परिचालन गरी रु.७४ करोड २ लाख सञ्चालन मुनाफा र रु. ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारणसभा सम्पन्न भएको हो।
साधारण्सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ,सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ