राजपा पदाधिकारी बैठकः नेताहकाे तिब्र आलोचना

राजपा पदाधिकारी बैठकः नेताहकाे तिब्र आलोचना

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

राष्ट्रिय जनता पार्टी राजपा नेपालको पदाधिकारी बैठक जारी छ । बैठकमा महाधिवेशन र नेतृत्वको कार्यशैलीको विषयलाई लिएर तीब्र आलोचना भएको छ ।

काठमाडौंमा जारी पदाधिकारी बैठकमा बोल्ने नेताले पार्टी एकता भएको दुई वर्ष बितिसक्दा पनि महाधिवेशन गराउन नसकेको भन्दै नेतृत्वको अलोचना गरेका हुन् । यस्तै, पार्टीलाई एक ढिक्का बनाउन नसकेको समान धारणा भएका दलसँग एकताको विषयमा कुनै पहल नगरेको भन्दै पदाधिकारी नेतृत्वप्रति क्रुद्ध बनेका हुन् । हिजोसम्मको बैठकमा अध्यक्ष मण्डलका नेता बाहेक ४० जनाले धारणा राखिसकेका छन् ।

अझै २५ भन्दा बढी पदाधिकारीले बोल्ने इच्छा देखाएको झाको भनाई छ । पदाधिकारी बैठक आज पनि ११ बजे बस्ने गरी बोलाइएको छ । ८, ९ र १० गते तीन दिनमा सक्ने भनिएपनि पहिलो दिन शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक दोस्रो दिन अध्यक्ष मण्डलका नेताको धारणामा केन्द्रित भएको थियो ।

बोल्ने सदस्यको सूची लामो भएकाले बैठक लम्बिएको राजपाले जनाएको छ । २०७४ बैशाख ७ गते मधेश केन्द्रित ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टी एकता हुँदा एक वर्षमा महाधिवेशन गर्ने भनिए पनि दुई वर्ष बितिसक्दा समेत अनिश्चित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ