पदीय हैसियत नमिलेपछि नेकपा भित्र असन्तुष्टि बढ्दैः रुपन्देही सचिवले दिए राजीनामा, यी ५३ नेतालाई दोहोरो जिम्मेवारी

पदीय हैसियत नमिलेपछि नेकपा भित्र असन्तुष्टि बढ्दैः रुपन्देही सचिवले दिए राजीनामा, यी ५३ नेतालाई दोहोरो जिम्मेवारी

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

११ वैशाख, काठमाडौं । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका केहिले दाेहाेराे जिम्मेवारी पाएका छन्  भने केहिले तेहेराे । अर्काेतर्फ केहि वरिष्ठहरूले आफु भन्दा तल्लाे दर्जाकालाइ अध्यक्ष मान्नुपर्ने अवस्थामा पुगेका छन् । केहिले जिम्मेवारी दिँदा पदीय हैसियत नमिलाएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग गुनासो गरेका छन् । गुनासो गर्नेमा तत्कालीन एमालेका भन्दा माओवादी पृष्ठभूमिका बढी छन् । नेताहरूले अध्यक्ष दाहाललाई असहमतिपत्र बुझाए काे बुझिएकाेछ।

७७ जिल्लाका  अध्यक्ष र सचिवका १५४ नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि सात गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् ।

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटीको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् । नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । यस्तै कतिपयले पदीय जिम्मेवारी त्यागेका छन् ।

उता, पार्टी एकता प्रकृयामा असन्तुष्टनेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले भने पदबाटै राजीनामा दिए ।  नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए ।

यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि हो । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।न्यौपानेले पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका हुन् ।

एकताका क्रममा स्थानीय र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई समेत पार्टीको कार्यकारी जिम्मेवारी दिइएकोप्रति पार्टीका नेता, कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन् ।अहिले सामाजिक सञ्जालमा समेत याे असन्तुष्टि पाेख्ने क्रम जारी  छ ।

काठमाडौं सचिव हिमाल शर्माले सामाजिक सञ्जालबाटै सचिवको जिम्मेवारी अस्वीकार गरेका छन् । उनले घुमाउराे रूपमा लेखेका छन्,  जिल्ला एकता प्रकृयामा मापदण्डले तोकेको र पाएको आफ्नो पद खुशी साथ छोडेर अर्को कमरेडलाई अवसर दिन्छु भन्ने कुरा पार्टीको निर्णय विपरित हुदैन जस्तो लाग्छ ! कुपया यसलाई असव्तुष्टी भनेर नबुझौ !

सात जिल्ला अध्यक्ष र नौ जिल्ला सचिव केन्द्रीय समितिबाट छन् । मोरङ र काठमाडौंका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका हुन् । रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, रुपन्देही र सिरहाका अध्यक्ष केन्द्रीय समितिमा छैनन् ।

दोहोरो जिम्मेवारी पाउने नेता यी हुन्

प्रदेश –१

विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

गोपीबहादुर अछामी, मोरङ जिल्ला सचिव, पार्टी केन्द्रीय सदस्य

राजेन्द्र राई, धनकुटा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य

राम राना, इलाम अध्यक्ष, प्रदेश सांसद

लक्ष्मण तिवारी, तेह्रथुम अध्यक्ष, प्रदेश सांसद

प्रेमकुमार राई, भोजपुर अध्यक्ष, हतुवागढी नगरपालिका अध्यक्ष

मोहनबहादुर खड्का, ओखलढुंगा अध्यक्ष, प्रदेश सांसद

मोहन       श्रेष्ठ, ओखलढुंगा सचिव, सिद्धिचरण नगर प्रमुख

प्रदेश –२

अशोक मण्डल, सप्तरी अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

गोविन्द न्यौपाने, सप्तरी सचिव, प्रदेश सांसद

रामकुमार यादव, सिरहा अध्यक्ष, प्रदेश सांसद

प्रमोदनारायण यादव, सिरहा सचिव, पार्टी केन्द्रीय सदस्य

राजकिशोर यादव, धनुषा अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

श्रवण यादव, धनुषा सचिव, पार्टी केन्द्रीय सदस्य

राजु खड्का, महोत्तरी जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

डाचाराज वाग्ले, सर्लाही सचिव, पार्टी केन्द्रीय सदस्य

युवराज भट्टराई, रौतहट सचिव, पार्टी केन्द्रीय सदस्य

सुन्दर विश्वकर्मा, बारा सचिव, प्रदेश सांसद, नेकपा दल सचेतक

प्रदेश – ३

कृष्णभक्त पोखरेल, चितवन सचिव, प्रतिनिधिसभा सदस्य

मनु सिग्देल, मकवानपुर अध्यक्ष, प्रदेश सांसद

भूमि त्रिपाठी, धादिङ जिल्ला अध्यक्ष, प्रतिनिधिसभा सांसद

शालिकराम जम्मकट्टेल, धादिङ सचिव, प्रदेश सांसद, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रदेश ३

हीरानाथ खतिवडा, नुवाकोट अध्यक्ष, प्रदेश सांसद

नारायण खतिवडा, नुवाकोट सचिव, प्रतिनिधिसभा सांसद

लेखनाथ दाहाल (राजन), सिन्धुली अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद

राजकाजी महर्जन, ललितपुर सचिव, प्रदेश सांसद

कृष्ण राई, काठमाडौं अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सांसद

हिमाल शर्मा, काठमाडौं सचिव, केन्द्रीय सदस्य

गण्डकी प्रदेश

कृष्ण थापा, कास्की अध्यक्ष, प्रतिनिधिसभा सांसद

केदार सिग्देल, तनहुँ अध्यक्ष, प्रतिनिधिसभा सांसद

धनञ्जय दवाडी, लमजुङ सचिव, प्रदेश सांसद

लेखबहादुर थापा, गोरखा अध्यक्ष, प्रदेश सांसद, कृषि तथा सहकारीमन्त्री गण्डकी प्रदेश

पाल्तेन छोयान गुरुङ, मनाङ अध्यक्ष, प्रतिनिधिसभा सांसद

पदम गिरि, पर्वत अध्यक्ष, प्रतिनिधिसभा सांसद

मीनबहादुर गुरुङ, स्याङ्जा सचिव, प्रदेश सांसद

प्रदेश ५

शिवराज उप्रेती, रुपन्देही अध्यक्ष, बुटवल उपमहानगरपालिका प्रमुख

दधिराम न्यौपाने, रुपन्देही सचिव, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद, समिति सभापति

आईपी खरेल, बाँके अध्यक्ष, प्रदेश सांसद

चेतनारायण आचार्य, अर्घाखाँची अध्यक्ष, प्रदेश सांसद

ठाकुर विक, अर्घाखाँची सचिव, सन्धिखर्क नगरपालिका उपप्रमुख

मधुकृष्ण पन्त, गुल्मी अध्यक्ष, छत्रकोट गाउँपालिका अध्यक्ष

नारायण आचार्य, पाल्पा अध्यक्ष, प्रदेश सांसद

कर्णाली प्रदेश

धुव्र शाही, सुर्खेत अध्यक्ष, प्रतिनिधिसभा सांसद

रवीन्द्र शर्मा, दैलेख अध्यक्ष, प्रतिनिधिसभा सांसद

दल रावल, हुम्ला सचिव, प्रदेश सांसद, सामाजिक विकासमन्त्री कर्णाली प्रदेश

गोपाल शर्मा, रुकुम पश्चिम अध्यक्ष, प्रदेश सांसद

करवीर शाही, जाजरकोट सचिव, प्रदेश सांसद

गोविन्द पुन, सल्यान अध्यक्ष, बनगाड कुपिन्डे नगरपालिका मेयर

सुदूरपश्चिम

शेरबहादुर कुँवर, अछाम अध्यक्ष, राष्ट्रियसभा सांसद

तारा लामा, कञ्चनपुर सचिव, प्रदेश सचेतक

कालुबहादुर शाही, बाजुर अध्यक्ष, जगन्नाथ गाउँपालिका अध्यक्ष

प्रेम भट्ट, बैतडी सचिव, प्रदेश सांसद

रतन थापा, कैलाली अध्यक्ष, प्रदेश सांसद

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ