कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको निधन, जागरण अभियानको मिति दुइ हप्ता पर सर्याे

कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको निधन, जागरण अभियानको मिति दुइ हप्ता पर सर्याे

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि नेपाली कांग्रेसको जागरण अभियानको मिति दुइ हप्ता पर सरेकेा छ ।

कांग्रेसले यही वैशाख ११ गतेदेखि देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाइसकेको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ मा रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला निकट मानिने ताम्राकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए । विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका ताम्राकार पछिल्लो समय निमोनियाबाट पीडित थिए । चैत अन्तिम सातादेखि ललितपुरको अल्का अस्पतालमा आईसीयूमा भर्ना गरेर उनको उपचार हुँदै आएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ