काठमार्डौं, १० वैशाख ।
तीन वटा वाणिज्य बैंकहरुको आर्थिक वर्ष२०७५÷०७६ को तेश्रो त्रैमासमा निक्षेप, कर्जा, खुद नाफा र प्रति शेयर आम्दानी वृद्धि गर्न सफल भएका छन् ।
एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले सावैजनिक गरेको आर्थिक बर्षको तेश्रो त्रैमासक अनुसार तीनटै बैंकको निक्षेप औसत १३ प्रतिशतले वृद्धि भएको छ। त्यसमध्ये सबै भन्दा धेरै एभरेस्ट बैंकको निक्षेप १७ प्रतिशतले वृद्धि भएको छ। एभरेष्ट बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ।
यस्तै बैंकको कर्जा औसतमा १६ प्रतिशतले वृद्धि भएको छ। ३ वाणिज्य बैंक मध्य सबै भन्दा धेरै माछापुच्छ्रे बैंकको कर्जा २० प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्रे बैंकले ७४ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले ६२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ।
यस्तै बैंकहरुको खुद नाफा औसतमा २३ प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्रे बैंकले आफ्नो खुद नाफा ४५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २४ करोड पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले ८५ करोड ४० लाख खुद नाफा गरेको थियो।
यसैगी प्रति शेयर आम्दानी औसतमा २२ प्रतिशतले वृद्धि भएको छ।माछापुच्छ्रे बैंकको प्रति शेयर आम्दानी ४५ प्रतिशतले वृद्धि गर्दै २० रुपैयाँ ५४ पैसा पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १४ पैसा थियो।
