नेकपाका स्थाई समिति सदस्य सुर्दशनसहित ६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

नेकपाका स्थाई समिति सदस्य सुर्दशनसहित ६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं, १० वैशाख ।
जिल्ला अदालत, ललितपुरले नेपाल कम्युनिष्ट पार्टिका स्थाई समिति सदस्य हेमन्तप्रकाश वली सुर्दशनसहित ६ जनालाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको छ ।
आज अदालतको यस्तो आदेश आएसंगै सुर्दशन सहित ६ जनालाई नै नख्खु कारागार पठाउने तयारी भएको बताईएको छ । महानगरीय अपराध अनुसन्धन महाशाखाको टोलीले गत चैत्र ९ गते सुर्दशनलाई काभ्रेबाट गिरफतार गरेको थियो ।
सुर्दशन संगै शिव धिमाल,दिकेन्द्र राई,रामकृष्ण खतिवडा, ईश्वर दमाई, र विरबहादुर कठाएतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
नख्खु विष्फोटको जिम्मा लिएसंगै उहाँलाई महानगरीय प्रहरी अपराध माहाशाखाको विशेष ब्युरो र काभ्रे प्रहरी टोलीले गिरफतार गरेको थियो ।सुर्दशन सहित धर्म राजबहाक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्कि, देब घिमिरे र लोकेन्द्र खडकालाई पनि गिरफतार गरेको थियो ।
गिरफतार परेका सबै नेता कार्यक्रर्ता लाई प्रहरीले नख्खु विष्फोटकको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । यसैबिच नेता सुर्दशनले गत चैत्र ७ गते सर्वाेच्चमा बयानका क्रममा हातहतीयार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफुलाई जर्बजस्ती फसाउन खोजेको बताउनु भएको थियो ।
ओली नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि मात्रै सयांै नेता कार्यकर्तालाई गिरफतार गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ